कर प्रणालीमा सुधार गर्ने घोषणा

काठमाडौँ- सरकारले कर प्रणालीमा सुधार गर्दै राजस्व प्रशासनको दक्षता बढाइने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणाली सुधार गर्ने घोषणा गरेका हुन् ।
उनले वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी बनाइने बताउँदै लघुवित्त तथा सहकारीमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा प्राप्त सुझाव क्रमशः कार्यान्वयन गरिने बताएका छन् ।
त्यस्तै बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने सरकारले नीति लिएको छ ।
तीनै तहका सरकारबीच प्राकृतिक स्रोतको परिचालनका लागि एकीकृत कानुन तर्जुमा गरिने, निजी पुँजी आकर्षित गर्न थप कानुनी प्रबन्ध गरिने र आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिने सरकारले नीति लिएको छ ।

‘काँक्रेविहारलाई कर्णालीको आर्थिक केन्द्रका रूपमा प्रवर्द्धन गर्न सकिने’

नेकपा एसको निष्कर्षः प्रतिशोधका आधारमा फसाउन खोज्यो

हुम्ला राष्ट्रिय सडक सञ्जालमा जोडिने भएपछि प्रधानमन्त्री ओलीले भने- दशकौँ पुरान…

‘कमला नदीमा पुल निर्माण चाँडै’

प्रधानमन्त्री ओली शनिबार स्पेन जाँदै, सहमतिपत्रमा हस्ताक्षर हुने

एमालेले भन्योः एक वर्षको अवधि सन्तोषजनक, सफल र प्रभावकारी

एमालेले गर्यो विन्दा पाण्डे र उषाकिरणको निलम्बन फुकुवा

प्रतिक्रिया