म्यानचेस्टर सिटी र टोटेनहमबीचको बहुप्रतिक्षित खेल आज राति

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गतको साबिक विजेता म्यानचेस्टर सिटी र टोटेनहमबीचको खेल आज राति हुँदैछ ।
म्यानचेस्टर सिटी र टोटेनहमबीचको बहुप्रतिक्षित खेल टोटेनहम हटस्पर स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुने तालिका छ ।
उपाधि होडमा आफूलाई बलियो स्थानमा उभ्याउन म्यानचेस्टर सिटीले टोटेनहमलाई आज रातिको खेलमा पराजित गर्नुपर्ने हुन्छ ।
अहिलेको अवस्थामा ३७ खेल खेलेको आर्सनल ८६ अंकसहित शीर्ष स्थानमा छ । आर्सनलले एक खेल खेल्न बाँकी छ ।
यता ३६ खेलबाट ८५ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । आज राति टोटेनहमलाई पराजित गर्न सकेको खण्डमा म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिनुका साथै आर्सनलमाथि २ अंकको अग्रता लिनेछ ।
यता ३६ खेलबाट ६३ अंक जोड्दै पाँचौँ स्थानमा रहेको टोटेनहम भने शीर्ष ४ को सम्भावना कायम राख्न चाहन्छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया