इन्डोनेसियामा ६.१ म्याग्निच्यूडको भूकम्प

जाकार्ता : इन्डोनेसियामा बुधबार शक्तिशाली भूकम्प गएको छ । देशको पूर्वी क्षेत्रमा पर्ने मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्प गएपछि सुनामीको खतरा भने नरहेको अधिकारीहरूले बताएका छन् । भूकम्पले गरेको क्षतिका बारेमा पनि कुनै विवरण प्राप्त नभएको जनाइएको छ ।
स्थानीय समय अनुसार बुधबार बिहान ११.४३ मा भूकम्प गएको थियो । भूकम्पले पारेको असरका बारेमा विवरण संकलन गर्ने कार्य भइरहेको अधिकारीहरुले जनाएका छन् । इन्डोनेसियामा बर्सेनि दर्जनौं पटक भूकम्प आउने र ठूलो धनजनको क्षति हुने गरेको छ । रासस

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया