जयपुरका विद्यालयमा बम विस्फोट गराउने धम्की

नयाँ दिल्ली- पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा सोमबार बमको धम्की आएको छ । धम्कीपछि विद्यालय प्रशासनले विद्यार्थीहरू बाहिर निकालेको छ भने प्रहरीलाइ बोलाएको छ ।
इमेलमा प्राप्त धम्कीले विद्यालय परिसरमा विस्फोटक पदार्थ राखिएको दाबी गरेको थियो । प्रहरी कारबाहीमा उत्रिएको छ र खोजी गर्न विद्यालयमा धेरै बम डिस्पोजल स्क्वाड र स्निफर कुकुरहरू पठाएको छ ।
तथापि अहिलेसम्म शङ्कास्पद केही पनि फेला परेको छैन । प्रहरीका अनुसार उक्त धम्की अफवाहजस्तो देखिन्थ्यो ।
जयपुरका पुलिस कमिश्नर बिजु जर्ज जोसेफले मिडियालाई चारदेखि पाँच विद्यालयमा बमको धम्की आएको जानकारी दिए । प्रहरी विद्यालयहरूमा पुगिसकेको छ ।
अन्तिम समाचार नआएसम्म विद्यालयमा खोजी कार्य जारी रहेको थियो । इमेल प्रेषकको पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल र राष्ट्रिय राजधानीका धेरै अस्पतालमा इमेलहरूमा बमको धम्की प्राप्त भएको थियो ।
यसै महिनाको सुरुमा भारतको राजधानी क्षेत्र दिल्लीका एक सयभन्दा बढी विद्यालयले यस्तै सन्देशहरू प्राप्त गरेका थिए । यसबाट ठूलो त्रास बढेको थियो ।
सन् २०२३ डिसेम्बरमा दक्षिणी भारतीय सहर बेङ्गलुरूका दर्जनौँ विद्यालयमा बमको धम्की प्राप्त भएको थियो । पछि ती धम्की अफवाह साबित भएको थियो । (सिन्ह्वा)

अमेरिकी कंग्रेसद्वारा ट्रम्पको ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदित

काश्मीर हमलाका लागि जिम्मेवार समूहलाई अमेरिकाद्वारा आतङ्कवादी घोषणा

नयाँ अध्ययनकाे खुलासा, ९ हजार बर्ष अघिसम्म अरबमा थियो हरियाली
दक्षिण कोरियामा १२० वर्षमा सबैभन्दा बढी वर्षा

इजरायली अवरोधबीच गाजामा बढ्दो बाल कुपोषणका बारेमा राष्ट्रसंघको चेतावनी

पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु

ज्यागुअर लैन्ड रोभरले बेलायतमा कर्मचारी कटौती गर्ने घोषणा

प्रतिक्रिया