श्रीमतीको हत्या आरोपमा कजाकिस्तानका पूर्वमन्त्रीलाई २४ वर्षको कारागार सजाय

अस्ताना- आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ ।
राजधानी अस्तानाको अदालतले पूर्वअर्थमन्त्री कुआन्डिक बिशिम्बायेभलाई कारागार सजाय सुनाएको हो । उनले गत वर्ष आफ्नी श्रीमती साल्टानाट नुकेनोभाको हत्या गरेका थिए । चवालिस वर्षीय बिशिम्बायेभलाई यातना र हत्या गरेको अभियोगमा दोषी पाइएको थियो ।
हत्यापछि मुलुकमा महिलाहरूको सरक्षाका लागि कडा कानून बनाउन माग गर्दै अनलाइन आवेदन सुरु गरिएको थियो । यसले केही दिनमै दशौँ हजार हस्ताक्षर सङ्कलन गरेको छ ।
बिशिम्बायेले आफू निर्दोष भएको बताएका छन् । उनलाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा पहिला नै १० वर्षको कारागार सजाय सुनाइएको थियो तर एक वर्षपछि आममाफीपछि उनी रिहा भएका थिए ।
घरेलु हिंसालाई फौजदारी संहितामा समावेश नगरिएको कजाकिस्तानमा हरेक वर्ष ८० भन्दा बढी महिला हत्या आधिकारिकरूपमा रेकर्ड हुन्छन् । संयुक्त राष्ट्रसङ्घले अनौपचारिकरूपमा महिला हत्याको सङ्ख्या चार सयसम्म हुनसक्ने अनुमान गरेको छ । (एएफपी)

ड्रोन र मिसाइल आक्रमणको सामना गर्दै युक्रेन, अन्तर्राष्ट्रिय प्रतिबन्धको माग

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसंघ

एक अर्ब ३७ करोडको ब्याग, जो हालै एक जापानीले लिलामीमा लिए

डेढ वर्षमा एक लाख ५० हजार रोहिङ्ग्याले बङ्गलादेशमा शरण लिएको राष्ट्रसंघद्वारा प…

चीनले बनायो प्रतिघण्टा ६०० किमी गुड्ने म्याग्लेभ रेल

म्यान्मारको बौद्ध बिहारमा हवाई आक्रमण, २३ जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_afMnwqnG2q_hdtee7gxhxeuuaiszeb7zbcuvdcu7wwfm7vpfqna50acjic3by611wypin90.jpg)
पाकिस्तानमा मनसुनको प्रकोप : ९८ जनाको मृत्यु, १८५ भन्दा बढी घाइते

प्रतिक्रिया