छानबिनमा परेका ५१ कम्पनीको सूची बाहिरिएपछि ५२ अंकले घट्यो नेप्से

काठमाडौँ : धितोपत्र बोर्डले ५१ कम्पनीमा अस्वाभाविक चलखेल भएको आशंकामा छानबिन अघि बढाउने भएपछि सेयर बजारमा भीषण पहिरो गएको छ । पुँजी बजारको नियामक धितोपत्र बोर्डले सेयर बजारमा सूचीकृत कम्पनीहरूको वित्तीय क्षमताको मूल्यांकनका आधारमा हाल जोखिमयुक्त कम्पनीहरूको सेयरमा समेत अस्वभाविक चलखेल भएको आशंका गरेको छ ।
५१ सूचीकृत कम्पनीहरू छनौट गरी तिनीहरूको इन्साइडर ट्रेडिङ्ग, सर्कुलर कारोबार कर्नरिङ्ग लगायत धितोपत्र कसूर सम्बन्धी विस्तृत अध्ययन भैरहेको बोर्डले जनाएको छ । बोर्डले प्रारम्भिक अध्ययनको आधारमा लगानीकर्तालाई सचेतना अपनाउन आग्रह गर्दै त्यी संगठित संस्था (कम्पनी) हरूको नाम समेत सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट अर्थात् बुधबार नेप्से परिसूचक ओरालो लागेको हो ।
नेप्से परिसूचक ५२. ४१ अंकले घटेर २९६९.६९ बिन्दुमा पुगेको हो । १७ कम्पनीको सेयर मूल्यमा ९ प्रतिशत भन्दा बढी दरमा गिरावट आएको छ ।
गुर्खाज फाइनान्स, जोशी हाइड्रोपावर, नेपाल फाइनान्स, नेपाल हाइड्रोपावर डेभलपर्स, छ्यांदी जलविद्युत्, आँखुखोला जलविद्युत्, बेस्ट फाइनान्स, पञ्चकन्या माइ हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, पोखरा फाइनान्स, मल्टीप्रपोज फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, समृद्धि फाइनान्स, पाँचथर पावर कम्पनी, हिमालयन पावर पार्टनर र सोल्टी होटलको सेयर मूल्यमा नौ प्रतिशतभन्दा बढी दरले गिरावट आएको छ ।
बुधबार झन्डै साढे १५ अर्ब रुपैयाँको सेयर किनबेच भएको छ । एक लाख ६७ हजार नौ सय ३८ पटकको कारोबारमा दुई करोड ८२ लाख कित्ता सेयर किनबेच भएको छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

प्रतिक्रिया