सर्यो कांग्रेस संसदीय दलको बैठक
काठमाडौँ- आज बस्ने भनिएको नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।
कांग्रेसले संसदीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताएको थियो । तर दुवै बैठक स्थगित गरिएको कांग्रेस संसदीय दलले जनाएको छ ।
स्थगित भएको बैठक जेठ १ गते बिहान ८ र ९ बजे बस्नेछ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउँदै संसदीय छानबिन समितिको माग गरेर संसद् अवरुद्ध गरिरहेको छ ।
कांग्रेसले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया