इतिहासमा आज

काठमाडौँ- आज बैशाख ३१ गते अर्थात मे १३ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
सन् १९४० मे १३ मा बेलायती प्रधानमन्त्रीको रूपमा आफ्नो पहिलो भाषणमा विन्स्टन चर्चिलले संसद्मा भनेका थिए 'मसँग रगत, परिश्रम, आँसु र पसिनाबाहेक अरू केही छैन ।'
सन् १९७२ मे १३ मा जापानको ओसाकास्थित सेनिची डिपार्टमेन्ट स्टोरमा भिषण आगलागी भयो । आगलागी हुँदा ११८ जनाको मृत्यु भएको थियो ।
सन् १९८५ मे १३ मा फिलाडेल्फिया अधिकारीहरू र कट्टरपन्थी समूहबीचको भिडन्त समाप्त हुँदै गर्दा जब पुलिसले समूहको रो हाउसमा बम खसाले आगलागीमा ११ जनाको मृत्यु भयो र ६१ घरहरू जलेका थिए ।
सन् २००२ मे १३ मा राष्ट्रपति जर्ज डब्लु बुशले घोषणा गरे कि उनी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको आणविक हतियारलाई दुई तिहाईले संकुचित गर्न एक सन्धिमा हस्ताक्षर गर्छौँ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया