भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै

नयाँ दिल्ली : भारतमा नयाँ थपिने कोभिड सङ्क्रमितको सङ्ख्यामा घट्दै गएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २२४ जना सङ्क्रमित थपिएका छन् । यो सङ्ख्या अघिल्ला दिनहरूको भन्दा कम हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले सङ्क्रमण घटेको जनाएको छ ।
पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले सङ्क्रमितहरूको सङ्ख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरूले जनाएका छन् । त्यसैगरी सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरूको सङ्ख्या पनि घट्दै गएर अहिले आठ लाख ६५ हजार ४३२ रहेको छ ।
सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घटेर ७० दिनपछि अहिले पहिलो पटक नौ लाखभन्दा कम भएको अधिकारीहरूले जानकारी दिएका छन् ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा सङ्क्रमणमुक्त भएकाहरूको दर ९५.८० रहेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड ९६ लाख ३३ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी भारतमा अहिलेसम्म कुल तीन लाख ७९ हजार ५७३ जनाको मृत्यु भएको देखिएको छ । ती मध्ये दुई हजार ५४२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । पछिल्लो एक दिनमा भारतमा एक लाख सात हजार ६२८ जना सङ्क्रमणमुक्त भएको पाइएको छ । योसँगै सङ्क्रमणमुक्त भएकाहरूको कुल सङ्ख्या दुई करोड ८३ लाख ८८ हजार एक सय रहेको छ ।
भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख छ हजार ७९१ पटक परीक्षण गरिएको छ । त्यस्तै २६ करोड १९ लाखलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ । रासस

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया