जसपाले भन्यो - केन्द्रमा विकसित घटनाक्रमले माओवादी र एमाले मधेश सरकारबाट बाहिरिए

काठमाडौँ - जनता समाजवादी पार्टी, नेपालले केन्द्रमा विकसित घटनाक्रमको असर मधेश प्रदेश सरकारमा देखिएको हुनसक्ने जनाएको छ ।
मधेश सरकारबाट माओवादी र एमालेले समर्थन फिर्ता लिएपछि ललितपुरको बालकुमारीस्थीत पार्टी कार्यालयमा सञ्चारकर्मीसंग कुरा गर्दै जसपा नेपालका प्रवक्ता मनिष सुमनले केन्द्रीय परिस्थिति अनुसार नै मधेशमा एमाले र माओवादीले सरकार छाडेको हुनसक्ने बताए ।
उनले पछिल्लो राजनीतिक घटनाक्रममा बारेमा पार्टीमा अनौपचारिक छलफल चलिरहेको भन्दै सोमबार केन्द्रीय कमिटी बैठक बसेर आवश्यक निर्णय गर्ने जानकारी दिए ।
केन्द्रमा जसपा नेपालबाट मन्त्री बनेकालाई राजीनामा दिन प्रधानमन्त्रीको दवाव आएको हो भन्ने प्रश्नमा प्रवक्ता सुमनले आफु प्रधानमन्त्री कार्यालयको नभई जसपा नेपालको प्रवक्ता भएकाले यसको पुष्टि प्रधानमन्त्री कार्यालयले नै गर्नुपर्ने जिकिर गरे । उनले अहिले केन्द्रमा पनि परिस्थिति फरक हुदै गएकाले सबैैलाई मध्यनजर गर्दै सोमबार उपयुक्त निर्णय गर्ने धारणा राखे ।
प्रवक्ता सुमनले केही व्यक्तिहरुले पार्टी छाडेर गएपनि जसपा नेपाल अहिले पनि संगठनमा बलियो नै रहेको दावी गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया