कांग्रेसको संसदीय दलको बैठक सोमबार बस्दै

काठमाडौँ - नेपाली कांग्रेसको संसदीय कार्यसमिति र संसदीय दलको बैठक सोमबार बस्ने भएको छ ।
कांग्रेसले संसदीय कार्यसमितिको बैठक अपरान्ह १ बजे संसदीय दलको बैठक २ बजे बस्ने जानकारी दिइएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने भएको छ ।
बैठकबाट कांग्रेसले मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले पेश गर्ने सरकारको नीति तथा कार्यक्रम अवरोध गर्ने या नगर्ने भन्ने विषयमा निर्णय गर्ने बताइएको छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको आरोप लगाउदै संसदीय छानबिन समितीको माग गरेर संसद अवरुद्ध गरिरहेको छ ।
कांग्रेसले आइतबार बिहान प्रधानमन्त्रीसँग छलफल गरेको र छलफल सकारात्मक भएको बताएको छ ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया