बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

ग्रानाडाको पोस्टमा रियल मड्रिडको ४ गोल

काठमाडौँ- स्पेनिस ला लिगाको उपाधि जितिसकेको रियल मड्रिडले लिगअन्तर्गत नै ग्रानाडाविरुद्ध शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा रियल मड्रिडले ग्रानाडालाई ४-० गोलअन्तरले पाखा लगाएको हो । रियल मड्रिडलाई जित दिलाउन ब्राहिम डियाजले २ तथा फ्रान गार्सिया र अर्डा गुलेरले एक-एक गोल गरे ।

यससँगै रियल मड्रिडले ३५ खेलबाट ९० अंक जोडेको छ । दोस्रो स्थानको गिरोनाको समान खेलमा ७५ अंक छ ।

यता पराजयपछि ३५ खेलबाट २१ अंक जोडेर १९ औँ स्थानमा रहेको ग्रानाडा भने रेलिगेसनमा पर्ने खतरा बढेको छ ।