तरलताको चाप बढ्यो, बैंकहरूले बढाए निक्षेपमा ब्याज

काठमाडौँ : असार १ बाट लागू हुने गरि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) को कमी हुन थालेपछि बैंकले सर्वसाधारणलाई आकर्षक ब्याज दिएर निक्षेप संकलन गर्न थालेका हुन् ।
कोभिड-१९ को दोस्रो लहरको संक्रमण नियन्त्रण गर्न बैशाखमा सरकारले देशव्यापी निषेधाज्ञा लगाएपछि बैंकले लगानी गर्न सकेका थिएनन् । जेठमा बैंकहरूले त्यसबेला मुद्दती खातामा ६ प्रतिशत ब्याजदरमा निक्षेप संकलन गरेका थिए । तर, अहिले ऋणको माग बढेपछि बैंकले मुद्दती खातामा ७.६ प्रतिशतसम्म ब्याज दिएर निक्षेप संकलन गर्न थालेका छन् ।
ऋणको माग बढेको र मागअनुसारको निक्षेप संकलन हुन नसकेपछि बैंकहरूले ब्याजदर बढाउन बढाउन थालेका छन् । गत जेठमा बैंकहरूले मुद्दती घटाएर ६ प्रतिशतसम्म पुर्याएको थियो । तर, कर्जा प्रवाह बढाइरहेको अवस्थामा निक्षेप संकलनमा कमी आयो । तरलतामा चाप पर्ने देखिएपछि बैंकहरूले मुद्दतीमा ब्याजदर बढाएका हुन् ।
गत जेठ १४ मा नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकले कर्जा विस्तार भइरहेको देखाएको छ । पछिल्लो समय आयातमा भइरहेको वृद्धिले प्रतीतपत्र (एलसी) भुक्तानीका लागि पनि कर्जा विस्तार भइरहेको छ ।

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_DF22OdoZHC_btybqqqy7j6st8dze430lmav6oegbvojrqz86kwzdevflg06ctjezrpk9u5g.jpg)
प्रतिक्रिया