प्रिमियर लिगबाट रेलिगेशनमा परे यी तीन क्लब

काठमाडौँ- इङ्लिश प्रिमियर लिगबाट यस सिजनमा रेलिगेशनमा पर्ने तीन क्लबको टुंगो लागेको छ ।
यस सिजनमा लुटन टाउन, बर्नली र शेफिल्ड युनाइटेड रेलिगेशनमा परेका छन् । लिगमा अब एक एक खेल खेल्न बाँकी रहेका यी तीनै क्लबको रेलिगेशनमा पर्ने टुंगो लागेको हो ।
शनिबार राति भएको खेलमा लुटन टाउन वेस्टह्याम युनाइटेडसँग ३-१ गोल अन्तरले पराजित भएको थियो । ३७ खेलमा लुटन टाउनको २६ अंक रहेको छ र लिगमा १८औं स्थानमा रहेको छ ।
त्यस्तै शनिबार राति नै भएको खेलमा बर्नली टोटनह्यामसँग २-१ गोल अन्तरले पराजित भएसँगै रेलिगेसनमा पर्ने निश्चित भएको हो ।
बर्नलीको ३७ खेलमा २४ अंक रहेको छ र लिगमा १९औं स्थानमा छ ।
त्यस्तै ३७ खेलमा १६ अंक रहेको शेफिल्ड युनाइटेड भने यस अघि नै रेलिगेशनमा परेको थियो ।
त्यसैगरी आउँदो सिजनका लागि लेस्टर सिटी प्रिमियर लिगमा फर्किने निश्चित भएको छ भने आइपीएस टाउनले पनि आउँदो सिजनका लागि प्रिमियर लिगमा आफ्नो स्थान पक्का गरेको छ
त्यस्तै प्रिमियर लिगमा आउने तेस्रो टिम भने प्लेअफको खेलबाट टुंगो लाग्ने छ । प्लेअफमा लिड्स युनाइटेड, साउथहम्पटन, वेस्ट ब्रोमविच र नोर्विच सिटी खेल्ने छन् ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया