संविधानमा देखिएका कमी कमजोरीलाई सच्चाउँदै अघि बढ्नुपर्छ : सिटौला

काठमाडौँ - नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले संविधानमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताएका छन् ।
शनिबार काठमाडौंमा कांग्रेस झापा–काठमाडौं सम्पर्क समितिको तेस्रो अधिवेशन उद्घाटन गर्दै सिटौलाले नयाँ संविधान जारी भएपछि मुलुकको परिवर्तनसँगै जनताले परिवर्तनको महसुस गर्न नसकेको भन्दै संविधानमा देखिएका कमी कमजोरीलाई सच्चाउँदै अघि बढ्नुपर्ने बताएका हुन् ।
उनले पछिल्लो समय प्रचण्ड नेतृत्वको तीन वटा फरक फरक सरकार बनेका कारण त्यसको असर प्रदेशमा देखिएको धारणा राखे । सिटौलाले जनताको हितमा एजेण्डा तयार गर्दै उक्त एजेण्डामाथि समग्र पार्टी पङ्ती एकाकार भएर जनतामाझ जानुपर्ने बेला आएको उल्लेख गरे ।
कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले कांग्रेसले जनताका पक्षमा उठाएका विषयमा सरकार गम्भीर नहुँदा संसद अवरोध गर्नुपरेको धारणा राखे । सदनमा सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्न नसकेको उनले बताए ।
उनले कांग्रेस प्रजातान्त्रिक शक्ति भएकाले निकै संयम भएको भन्दै कांग्रेससँग सत्तापक्षले च्यालेञ्ज गर्न खोजेको भए अवस्था अर्कै हुने चेतावनी दिए । कांग्रेसमाथि चौतर्फी रुपमा आक्रमण हुन थालेको भन्दै पार्टी एकताबद्ध भएर लाग्नुपर्ने उनको भनाइ छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया