राप्तीमा फसेका ४ जनाको १२ घण्टापछि सकुशल उद्धार

बुटवल : राप्ती नदीमा आएको बाढीका कारण भैंसी चराउन नदी किनारमा पुगेर अलपत्र परेका ४ जनाको उद्धार गरिएको छ । उनीहरूको १२ घण्टापछि सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको हो ।
राप्तीको बेला घाटमा फसेका उनीहरूको सकुशल उद्धार भएको दाङ प्रहरीले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।
लमही नगरपालिका–७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राजपुर गाउँपालिका–२ निवासी ४५ वर्षीया सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँपालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादवको उद्दार भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।
भैँसी चराउन गएको बेला राप्तीमा भेल बढेपछि उनीहरू फर्कन नसकेको उनको भनाइ छ । उनले भने, 'रातभरी प्रयास गरिएको भए पनि अध्यारोमा सम्भव भएन आज alहानै उद्दार गरियो ।' तीन परिवारका १७ भैँसी टापुमा छाडिएको छ। उनीहरू हरेक दिन भैंसी चराउन त्यहाँ जाने गरेका थिए । रातभरी टापुमा बसेको उनीहरूले बताए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_O4COrM86JL_yp2juelbeswemzluuysda0dazq9zdbreohxs8oxalfvocpeatmznxzxpjugn.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया