गृहमन्त्री लामिछाने भन्छन्- 'जीबी राईलाई अघिल्लो सरकारले भगायो'

चितवन- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाएका छन् ।
शनिबार बिहान चितवन पुगेका लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जीबी राईलाई अघिल्लो सरकारले भगाएको आरोप लगाउँदै 'भगाएको मान्छे'लाई खोज्न समय लाग्ने प्रतिक्रिया दिएका हुन् ।
जीबी राई किन पक्राउ पर्न सकेनन् ? भनेर सोधेको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले भने 'भगाइसकेको मान्छेलाई खोज्न समय लाग्ने भएकाले हर कोसिस भइरहेको छ ।' त्यसपछि त्यसो भए कसले भगायो ? भन्ने प्रश्नमा उनले भने 'भाग्दाखेरी सरकारमा को थियो ?'
उनले जीबी राईका सन्दर्भमा केही प्रक्रिया पूरा गर्नुपर्ने भएकाले समय लागेको बताए । उनले संसद्मा आफूलाई बोल्ने अधिकारबाट वञ्चित गरिएको भन्दै गुनासो गरेका थिए ।

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

प्रतिक्रिया