एमबाप्पेले गरे पीएसजी छाड्ने घोषणा

काठमाडौँ- फ्रेन्च स्ट्राइकर कायलियन एमबाप्पेले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने घोषणा गरेका छन् ।
एमबाप्पेले सामाजिक सञ्जालमार्फत जारी सिजनको अन्त्यपछि पीएसजी छाड्ने घोषणा गरेका बीबीसीले जनाएको हो ।
२५ वर्षीय एमबाप्पेले एक भिडियो सार्वजनिक गर्दै पीएसजी छाड्ने घोषणा गरे । उनले पीएसजीमा आफ्नो यो अन्तिम वर्ष भएको तथा केही हप्तामै पीएसजीसँगको सम्झौता अन्त्य हुने जनाए ।
पीएसजी र एमबाप्पेबीच आगामी जुन महिनासम्मका लागि सम्झौता भएको छ । पीएसजी छाडेपछि एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड जाने भएका छन् ।
सन् २०१७ मा मोनाकोबाट पीएसजी आएका एमबाप्पेले पीएसजीका लागि कीर्तिमानी २ सय ५५ गोल गरेका छन् ।

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

आर्सनललाई १-०ले पराजित गर्दै पिएसजी विजयी
पोखरा थण्डर्सलाई हराउँदै एनएसएलको उपाधि ललितपुर सिटीलाई
लेवान्डोवस्कीले स्पेनिस कोपा डेल रे फाइनल खेल्न नपाउने

प्रतिक्रिया