‘सिकन्दर’मा सलमानसँग रश्मिका खेल्दै

काठमाडौँ- बलिउड सुपरस्टार सलमान खानको अर्को फिल्म ‘सिकन्दर’मा अभिनेत्री रश्मिका मन्दानाको इन्ट्री भएको छ ।
फिल्ममा रश्मिका निर्माता साजिद नाडियावालाले लेखेका छन्, ‘हामी रश्मिकालाई फिल्म ‘सिकन्दर’मा सलमानको अपोजिटमा स्वागत गर्छौं । दुवैको अन-स्क्रिन जादू हेर्न प्रतीक्षा गर्न सक्दिनँ ।'
सिकन्दरमा छनौट भएपछि रश्मिकाले लेखेकी छिन्, ‘धेरै समयदेखि तपाईं मलाई मेरो अर्को प्रोजेक्टको बारेमा सोध्दै हुनुहुन्थ्यो । यहाँ छ आश्चर्य । सिकन्दरको एक हिस्सा हुन पाएकोमा म कृतज्ञ छु ।'
यसैबीच सामाजिक सञ्जालमा सलमानको एउटा तस्बिर भाइरल भएको छ । यो फिल्म ‘सिकन्दर’ को सेटको हो र सलमानले यो फिल्मको सुटिङ सुरु गरिसकेका छन् । यद्यपी यस सम्बन्धमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन ।
यस फिल्ममा सलमान र रश्मिका पहिलो पटक सँगै काम गर्दैछन् । यसलाई ‘गजनी’ र ‘हलिडे’ जस्ता फिल्म निर्देशन गरेका एआर मुरुगादासले निर्देशन गर्नेछन् । साजिद नाडियाडवाला यसको निर्माता हुनेछन् । फिल्म आगामी वर्षको इदमा रिलिज हुनेछ ।
निर्माता साजिद नाडियाडवालासँग सलमानले ‘जुडवा’, ‘मुझसे शादी करोगी’ र ‘किक’ जस्ता धेरै हिट फिल्म दिएका छन् । ‘सिकन्दर’ भन्दा पहिले मुरुगादास र सलमानले सन् २०१४ मा रिलिज भएको फिल्म ‘जय हो’ मा पनि सँगै काम गरेका थिए । त्यो फिल्मका लेखक मुरुगादास थिए ।

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

किन हटाइयो युट्युबबाट अक्षयकुमारको हाउसफूलः ५ को टिजर ?

टाइगर श्राफको आमासँग राखि बाँध्छन् अनुपम खेर, दिए ज्याकीलाई गिफ्ट
_SalDMXpKqE_zszqkh4qkovfrdp5rzrfr53su4j92hmsihdetpzuljllsrbejfg4v1swxl5c_KdmX1cbUka_scdyrxui0hl9akkzot4if9qebfnguasijc4ldydlm6wr7uahkvpcpymo5wr4.jpg)
सुहाउँदो भूमिका पाएकाले चलचित्रमा अभिनय गरे : राजेश हमाल

मोहनलालको ‘थुडारम’ बन्यो मलयालम चलचित्रमा धेरै कमाउने तेस्रो फिल्म

‘अप्रेसन सिन्दुर’को नाममा फिल्म बनाउन बलिउडमा प्रतिस्पर्धा, ५० बढी आवेदन

‘ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न, निर्देशक भन्छन्, 'आत्मिक प्रतिक्रियालाई शब्दम…

प्रतिक्रिया