आयरल्याण्डसँग पाकिस्तान पाँच विकेटले पराजित

काठमाडौँ- आयरल्याण्डले टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा आयरल्याण्डले पाकिस्तानलाई ५ विकेटले पराजित गरेको हो ।
पाकिस्तानले दिएको १८३ रनको लक्ष्य पछाएको आयरल्याण्डले १९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । आयरल्याण्डका लागि एन्डी बलबिर्नीले सर्बाधिक ७७ रन बनाएका थिए भने ह्यारी टकरले ३६ रन बनाएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १८२ रन बनाएको थियो । जसमा कप्तान बाबर आजमले ५७ र सैम आयुबले ४५ रन बनाएका थिए ।
यो जितपछि आयरल्याण्ड ३ खेलको सिरिजमा १-० ले अगाडी भएको छ । अब सिरिजको अर्को खेल आइतबार हुनेछ ।

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

प्रतिक्रिया