पहाडी जिल्लामा पहिरोको पीर, तराईमा डुबान

बुटवल : तीन दिनदेखि परिरहेको वर्षाका कारण लुम्बिनी प्रदेशका दर्जनौँ सडकहरू अवरुद्ध भएका छन् । प्रदेशका पहाडी क्षेत्रका अधिकांश सदरमुकामहरू पुग्ने सडक सम्बन्ध अवरुद्ध भएको छन् भने सहायक मार्गको अवस्था पनि उस्तै छ ।
राजमार्गसँग जोडिने पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा, रुकुम पुग्ने सबै सडकहरू ठाँउठाँउमा पहिरो खसेका कारण बन्द भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रदेश ट्राफिक प्रहरीका अनुसार मंगलबार मध्यान्हबाट बन्द भएको पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको देवदह नजिकै सडक भास्सिएपछि सडक बुधबार पनि खुल्न सकेको छैन ।
निरन्तर वर्षा जारी रहेका कारण वैकल्पिक सडक बनाउन नसकिएको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ । त्यसैगरी सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा कम्तिमा आधा दर्जन स्थानमा पहिरो गएको छ भने बर्तुङ राम्दी खण्ड, तानसेन रिडि, रिडी तम्घास र रिडी वामीटक्सार खण्डपनि बन्द रहेका छन् ।
सिद्धार्थ राजमार्गको तिनाउ–५ कालिमाटी, तानसेनको गौडापुल, तानसेन–८को जरेपिपल तथा तानसेन–१४ गाईघाटमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डिल्लीनारायण पाण्डेले बताए । उनका अनुसार रिब्दीकोटको हार्थोक, रिब्दीकोटकै मालमुलमा पनि पहिरो खसेको छ । उता पाल्पा रामपुर पूर्वखोला १ लुम्छापमा, रम्भा ४ हुमिन, बग्नसकालीको सेरा लगायतका क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध रहेको छ ।
उता गारुसिङ्गे सन्धिखर्क सडकको फुटवाङ, प्युठान भालुवाङ सडकको सर्मरानी ४ खहरेखोलामा सडक बन्द हँदा रोल्पा, प्युठानसँगको सडक सम्बन्ध विच्छेद भएको डीएसपी पाण्डेले बताए । बुटवल पश्चिमको राजमार्ग भने सुचारु रहेको उनले बताए । वर्षा हुने क्रम जारी रहेकाले यात्रा तय नगर्न आग्रह गर्दै पाण्डेले अहिलेसम्म सडकमा पहिरो खसेर जनधनको क्षति भने नभएको जानकारी दिए ।
यता अविरल बर्षाका कारण रुपन्देहिको मर्चवार क्षेत्र प्रभावित भएको छ । प्रत्येक वर्ष जसो प्रभावित हुँदै आएको मर्चवारको भर्थापुर गाउँमा बाढी पसेको छ । तिनाउ र दानव नदीको संगम स्थल दुईमोहानदेखि ३ किलोमिटर दक्षिण रहेको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुरमा पानी पसेको हो ।
सशस्त्र प्रहरी बल दुईमोहानका शसस्त्र प्रहरी नायब निरिक्षक कृष्ण बहादुर बस्नेतको कमाण्डमा डुबान क्षेत्रमा गएको टोलीले डुबानमा परेकालाई उद्दार कार्य जारी राखेको छ । अहिले उक्त क्षेत्रमा पानीको बहाव र सतह बढ्दो अवस्थामा रहेकोले सशस्त्र प्रहरी उद्दार टोली पूर्ण तयारी अवस्थामा रहेको सई बस्नेतले जानकारी दिएका छन् । यसैगरी ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र महतको नेतृत्वमा गएको टोली उक्त क्षेत्रको कडा निगरानीसहित उद्दारमा खटेको छ ।
उद्दार टोलीले २ दिने सुत्केरी महिलासहित ७ जनालाई उद्दार गरी सुरक्षित स्थानमा पु¥याएको छ । यसैबीच मर्चवारको शिवपुर गाउमा बाढी पस्न थालेपछि स्थानीयले मर्चवार जाने मुल बाटो फोडेका छन् । बनगाइ–मर्चवार मुलबाटोको गरगट्टी र मकरी भन्ने स्थानमा बाटो काटी पानीको निकास बनाइएको छ । यसले अहिले मर्चवार र सदरमुकाम भैरहवाको आवगमन रोकिएको छ ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_O4COrM86JL_yp2juelbeswemzluuysda0dazq9zdbreohxs8oxalfvocpeatmznxzxpjugn.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया