कोशीका मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने

विराटनगर - कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी वैशाख ३१ गते विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् ।
मुख्यमन्त्री कार्कीले वैशाख ३१ गते विश्वासको मत लिने गरि शुक्रबार प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गराएका हुन् ।
प्रदेशसभाको अधिवेशन सोही प्रयोजन र बजेट छलफलका लागि आव्हान भइसकेको छ । कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २७ गते बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले बुधबार नै शपथ ग्रहण र पदभार ग्रहण गरिसकेका छन् । यस्तै उनले आफ्नो क्याबिनेटमा एमालेबाट रामबहादुर राना र माओवादीबाट गणेश उप्रेतीलाई मन्त्री नियुक्त गरिसकेका छन् ।
अर्कोतर्फ उनको नियुक्ति प्रक्रियाविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले भने सर्वोच्च अदालतमा बुधबार नै रिट दायर गरेका छन् । उक्त रिटमाथि बिहीबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले अन्तरिम आदेश दिनु नपर्ने जनाएको छ । यस्तै पूर्ण सुनुवाइका लागि जेठ ९ गतेको लागि समय तोकिएको छ ।

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा कालोपत्र थालियो

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

प्रतिक्रिया