जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर

धनगढी - कैलालीका जलाधार अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तटबन्ध निर्माण कार्यको पहिलो रनिङ्ग बिल भुक्तानीमा सहजीकरण गर्ने उद्देश्यले सेवाग्राहीसँग एक लाख २० हजार घुस मागेको पुष्टि भएपछि उनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नगहरि घिमिरेले बताए।
उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग, नेपालगञ्जको टोलीले वैशाख ५ गते सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा पक्राउ गरेको थियो। उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा एक लाख २० हजार बिगो मागदावी गरेको अख्तियारले जनाएको छ। उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया