प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक जेठ १ गते बस्ने

काठमाडौँ - प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले संसद्को बैठक स्थगित गरेका हुन् ।
आजको दोस्रो बैठक शुरु हुना साथ कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए ।
यसैबीच सभामुखले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि कांग्रेसका सांसदहरूले उनलाई रोष्टममा जानबाट रोकेका थिए ।
कांग्रेसका सांसदहरूको लगातारको नाराबाजीपछि सभामुखले प्रतिनिधिसभाको बैठक जेठ १ गते साँझ ६ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
जेठ १ गते राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तालिका रहेको छ ।

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

प्रतिक्रिया