रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ- सिटौला

काठमाडौँ - राष्ट्रिय सभामा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा आज सम्बोधन गर्दै रवि लामिछाने सहकारी ठगि प्रकरणमा जोडिएको देखिइसकेकोले प्रधानमन्त्रीले क्लिन चिट दिएर नहुने बताए ।
लामिछानेमाथि छानबिन नगर्ने सरकारको अडानले सरकार द्वन्द्वतर्फ जान खोजेको देखिएको टिप्पणी गरेका छन् ।
सिटौलाले रवि लामिछानेको सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने कांग्रेसको बटमलाइन भएको बताउँदै आफूहरुले संसदीय छानबिन समिति बनाउन मात्र माग गरेको र राजीनामा नमागेको स्पष्ट गरे ।
उनले महान्यायाधिवक्ताको कार्यालयले क्लिन चिट दिएको भन्दै नेपालको इतिहासमा यसअघि यस्तो नभएको बताए ।

संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

प्रतिक्रिया