प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्छुः मुख्यमन्त्री कार्की

मोरङ - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्ने बताएका छन् ।
कोशी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ सपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरूसँग उनले प्रदेशको विकास नै वर्तमान सरकारको मुख्य उद्देश्य भएकाले सबै दलसँगको सहकार्यमा अगाडि बढ्ने बताए ।
मुख्यमन्त्री कार्कीले वर्तमान सरकार आगामी साढे तीन वर्षको लागि निर्माण भएकाले अहिले उठेका प्रश्नहरुको जवाफ दिनेगरी काम गर्ने बताए । “नेपालको संविधान र कानुनअनुसार हुने हरेक कुरालाई सरकारले आत्मसात गरेको छ तर कानुन र संविधानभन्दा माथि र बाहिर कोही छैन भन्नेमा पनि हामी प्रष्ट छौँ”, उनले भने ।
उनले प्रदेशका समस्या सम्बोधन र प्रदेश संरचनाप्रति जनताको विश्वास उठाउने गरी सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने समेत उनको भनाइ छ । मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले चाँडै विश्वासको मत लिनुका साथै मन्त्रिमण्डल विस्तार गर्ने जानकारी दिए ।

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा कालोपत्र थालियो

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

प्रतिक्रिया