बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

लिङदेनको प्रश्न- प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?

काठमाडौँ - राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता जोगाउन जेपनि गर्छु भन्ने प्रधानमन्त्री प्रचण्डको भनाईमा दलहरू फुटाउने देखि अरु के-के होला भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले यस्तो प्रश्न गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले बुधबार सिन्धुलीमा आयोजित पार्टीको कार्यक्रममा आफूले सत्ता टिकाउन अनेक काम गर्ने बताउँदै जसपा नेपाल फुट्नुपनि त्यसैको शिलशिला भएको बताएका थिए ।