बस्तीको बीचमा रहेको कवाडी गोदाम हटाउँदै काठमाडौँ महानगर
काठमाडौँ - काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका कवाडी गोदाम हटाउने कार्यलाई तीव्रता दिएको छ ।
वस्तीका बीचमा रहेका कवाडी गोदामका कारण जोखिम उत्पन्न भएको भन्दै महानगरले महानगरभित्र रहेका कवाडी गोदाम हटाउने कार्यलाई तीव्रता दिएको हो ।
यसैक्रममा महानगरले बिहीबार वडा न २९ अनामनगरमा रहेको कवाडी स्थानीय जनप्रतिनिधि र महानगर प्रहरी बलद्वारा हटाएको छ । महानगर प्रहरीले डोजर प्रयोग गरेर कवाडी गोदाम भत्काएको हो ।
गोदाम खाली गर्न पटक पटक सूचना दिँदा पनि अटेर गरेकाले डोजर प्रयोग गरेर हटाउनुपरेको महानगर प्रहरीले जनाएको छ । यता कवाडी व्यवसायीले भने तीन दिन अघिमात्रै सूचना आएको र गोदाम हटाउने तयारी गर्दा एक्कासि आएर डोजर लगाएको गुनासो गरेका छन् ।

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
रत्ननगर पूर्ण खोप सुनिश्चितता घोषणा

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

प्रतिक्रिया