लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

नेपालगञ्ज- बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागूऔषध कारोबारी पक्राउ गर्न आज प्रहरीले गोली प्रहार गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको संयुक्त टोलीले पक्राउ गर्न खोज्दा भागेपछि गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।
उनले कोहलपुर नगरपालिका-१२ चप्परगौडी निवासी २६ वर्षीय सुशील परियारलाई गोली प्रहार गरी पक्राउ गरिएको बताए । परियारको बायाँ खुट्टामा गोली लागेको र उनको अहिले भेरी अस्पताल, नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
साथै प्रहरीले स्थानीय २७ वर्षीय शरणबहादुर कार्कीलाई पक्राउ गरेको छ । उनीहरुको साथमा रहेको ११४ दशमलव २५ ग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । कार्कीलाई जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा लिइएको छ ।
पक्राउ परेकाहरुलाई लागूऔषध कारोबारसम्बन्धी मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिए । प्रहरीका अनुसार उनीहरुलाई लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचना पाएपछि लामो समदेखि प्रहरीले निगरानीमा राखेको थियो ।

१० महिनामा प्रदेश सरकारहरूले खर्च गरे १ खर्ब १७ करोड

योजना अनियमितता छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन

कर्णाली सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

लगातार अनुपस्थित भएपछि प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त

सुदूरपश्चिम प्रदेश सरकारले भूमिसम्बन्धी नीति ल्याउने

'कर्मचारीमा काम गर्ने मनसाय कम देखियो’

लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन सुरू

प्रतिक्रिया