निर्मल लामा असल राजनीतिज्ञ हुनुहुन्थ्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट नेता निर्मल लामा एक असल राजनीतिज्ञ भएको बताएका छन् ।
बिहीबार बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४औँ स्मृति दिवस कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३/२०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो ।’
प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएकोसमेत बताए ।
उनले भने, ‘उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिवद्ध हुनुहुन्थ्यो । राम्रो विचार र स्पष्टवक्ता नेता हुनुहुन्थ्यो । समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।'
कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले समेत सम्बोधन गका थिए ।

नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मियताले अझ समृद्ध बनेको…

मिडिया काउन्सिल विधेयकमाथि सञ्चारमन्त्री र पत्रकारबीच छलफल

सवारी चालक अनुमतिपत्रको अवधि १० वर्ष

संखुवासभामा पर्यटन र उर्जामा लगानी बढाउँछौं: उर्जा मन्त्री खड्का

सरकारले बाढीबाट क्षतिग्रस्त बिपी राजमार्ग पुनःस्थापना गर्न जापान सरकारको अनुदा…

खेलमार्फत निरोगी नेपाल निर्माण गर्ने सपनालाई साकार पार्न सरकार तयार छः प्रधा…

उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

प्रतिक्रिया