लखनउमाथि हैदरावादको १० विकेटको जित

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ । गएराति भएको खेलमा सनराइजर्सले लखनउलाई १० विकेटले पराजित गरेको हो ।
लखनउले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पूरा गरेको थियो ।
सनराइजर्सको जितमा अभिषेक शर्माले २८ बलमा ७५ तथा ट्राभिस हेडले ३० बलमा ८९ रन बनाएका थिए । यो आईपीएलको इतिहासमा कुनै पनि टिमले १० ओभर अगाडि नै बनाएको सबैभन्दा बढी रन हो ।
यसअघि लखनउले पहिला ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो ।
यो जितपछि सनराइजर्स हैदारावाद १२ खेलमा १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै लखनउको भने १२ खेलमा १२ अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया