आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

बाढीले रोज होटलको छतमा फसेका दुई युवाको यसरी गरियो हेलिकोप्टरबाट उद्धार (भिडियोसहित)

काठमाडौँ : मेलम्ची नदीमा आएको बाढीले गर्दा मेलम्चीको रोज होटलमा फसेका दुई युवाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गएरातीदेखि होटलको छतमा बसेका उनीहरुको नेपाली सेनाको हेलिकोप्टरबाट बिहान उद्धार गरिएको हो ।

मेलम्ची नदीमा आएको बाढी होटल वरिपरी आएको थियो । होटल पुरै डुबाउने अवस्था भएपछि स्थानीयले तत्काल हेलिकोप्टरबाट उद्धार गर्न माग गरेका थिए । युवाहरु ज्यान बचाउन गुहार माग्दै गरेको फोटो समेत सार्वजनिक भएको थियो ।

लगत्तै गृह मन्त्रालयले सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरले युवाहरुको उद्धार गर्दै गरेको भिडियो स्थानीयले खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । 

र, यो पनि