अछाम र बाजुरामा विद्युत् सेवा बन्द

धनगढी - अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ। पहाडी जिल्लामा हावा हुरीसँगै वर्ष हुन थालेपछि नेपाल विद्युत् प्राधिकरणले सेवा बन्द गरेको हो।
डोटीबाट राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ। विद्युत् लाइनमा क्षति भए/नभएको विवरण भने आएको छैन। तर, बुधबार अछाम र बाजुराको विद्युत् सेवा पूर्ण रूपमा बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय,अत्तरियाले जनाएको छ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा हावा हुरी सँगै वर्षा हुँदै आएको छ। पहाडी जिल्लामा भएको वर्षका कारण कैलाली र कञ्चनपुरमा समेत तापक्रम कम हुँदै गएको छ।

दलित बस्तीको विद्यालयमा दुई कोठे भवनको शिलान्यास

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

व्यावसायिक रूपमा सङ्गठित हुँदै थकाली महिला
डोकामा पानी बोक्ने दिन गए, धजे-मकरजुङ गाउँका घरमै धारा

सुरक्षित खोरले निकुञ्ज मध्यवर्ती क्षेत्रका वासिन्दालाई राहत

तरबुजाको दानाबाट शरिरले पाउनेछ आधा दर्जन फाइदा

प्रतिक्रिया