फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गर्ने शिक्षक पक्राउ

काठमाडौँ- फेसबुकमार्फत नाबालिकाको चरित्रहत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका-४ काहालान्च घर भएका २८ वर्षीय पुरूषलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार ती युवकले नाबालिकाले फेसबुकमा पोष्ट गरेका तस्विरलाई अश्लील तस्विरमा अनुहार जोडी अश्लील गतिविधि युक्त कन्टेन्ट लेखेर फेक फेसबुक आईडीमा पोष्ट गरी चरित्र हत्या गरेका थिए ।
पीडितको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा निजी विद्यालयका शिक्षक खुल्न आएका ती पुरूषको संलग्नता पुष्टि भएपछि उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
उनी उपर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद अनुमति लिई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसुरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

गैरआवासीय नेपालीलाई नागरिकता दिनुपर्ने

सामुदायिक वनको आम्दानीबाट सीपमूलक तालिम सञ्चालन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायलाई आठौं मानार्थ विद्यावारि…

यस्तो छ आज तपाइको भाग्य

यस्तो छ आजको मौसम

आमाबुबाको अत्तोपत्तो नभएपछि नागरिकताबाट वञ्चित

दाँत पहेलो भयो ? यी घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्

प्रतिक्रिया