जेठ ११ मा कोशीको बजेट अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस

काठमाडौँ - आगामी जेठ ११ गते कोशी प्रदेशको बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष कोशी प्रदेश सरकारले सिफारिस गरेको छ ।
कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी भइरहेको बेला केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते कोशी प्रदेश सभाको बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेको छ ।
बुधवार विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले ०८१ जेठ ११ गते प्रदेश सभाको बजेट अधिवेशनका लागि सिफारिश गरेको हो ।
प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश प्रमुख परशुराम खापुङलाई अधिवेशन आव्हानका लागि पत्र हस्तान्तरण गरेका छन् । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता शमशेर राईले गत चैत्र २६ गते पनि अधिवेशनका लागि सिफारिश गरिएकोमा पुनः बजेट अधिवेशनका लागि सिफारिश गरिएको बताए ।
कोशी प्रदेशमा नयाँ सरकारको गठनका लागि प्रयास भइरहेको बेला केदार कार्की नेतृत्वको सरकारले बजेट अधिवेशन सिफारिस गरेको हो । प्रदेश सभाको गत वैशाख ७ गते बसेको प्रदेश सभा बैठकले संकल्प प्रस्ताव पारित गर्दै वैशाख २५ गते सम्म मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन तथा विश्वासको मत नलिए नयाँ सरकारका लागि आव्हान गर्न प्रदेश प्रमुखको कार्यालयलाई निर्देशन दिन आग्रह गरेको थियो ।

आकर्षक पर्यटकीय गन्तव्य बन्दै खार्तम्छाको ‘छाँगे झरना’

यातायात कार्यालयको राजस्व सङ्कलन बढ्यो

पूर्वाधार विकास कार्यालय झापाको पुँजीगत खर्च ८८ प्रतिशत

पुवा खोलामा बेलिब्रिज निर्माण, ३६ किमी दुरी छोटियो

मोटरसाइकल दुर्घटना, एकको मृत्यु, दुई घाइते
खोक्सिकमा केन्द्रीय विद्युत्को पहुँच

भारत पुर्याइएका सात किशोरीको उद्धार

प्रतिक्रिया