समाजवादी फुटाउन लागेको हल्लापछि झलनाथको यस्तो छ प्रष्टिकरण

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी सम्मानित नेता झलनाथ खनालले आफूले पार्टी फुटाउन लागेको भनेर नियोजित रूपले यस्तो प्रचार गरेको बताएका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपालको विभाजन भएपछि नेकपा एकीकृत समाजवादी पनि विभाजन हुन लागेको चर्चा हुन थालेपछि खनालले पार्टी विरोधी छुद्रतापूर्ण प्रचारबाट होसियार बन्न आग्रह गरेका हुन् ।
एकीकृत समाजवादीबाट ६ जना सांसद लिएर खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला तीब्र रुपले भ्रमको कुहिरो फैलाइएको बताए ।
‘यतिबेला मुलुकमा राजनीतिक शक्तिहरू ध्रुवीकरण हुने प्रक्रिया तीव्र रुपले अघि बढ्दै छ। यहि २१ फागुन २०८० बाट मुलुकमा नयाँ राजनीतिक समिकरणले आकार लिएको छ। हाम्रो पार्टी पनि यहि समिकरणमा संलग्न भएको कुरा सर्वविदित नै छ’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘केहि दिनअघि मात्र तत्कालिन “जनता समाजवादी पार्टी नेपाल” समेत विभाजित भएको छ । यहि शिलशिलामा केहि दिनदेखि हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पनि विभाजित हुँदैछ, ६ जना सांसद लिएर झलनाथ खनालले संसदीय दल फुटाउँदै छन् भन्ने हल्ला बडो तीब्र रुपले फैलाइएको छ । केहि अवाञ्छित, स्वार्थी र कम्युनिस्ट विरोधी तत्वहरूले सुनियोजित रूपले यस्तो प्रचार गरेका छन् । त्यसले पार्टी व्यापी रुपमा एउटा भ्रमको कुहिरो फैलाइदियो ।’
देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्न थालेपछि पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएको उनको भनाई छ ।
‘हाम्रो पार्टी एउटा नवोदित क्रान्तिकारी पार्टी हो । यति बेला हाम्रो पार्टी आफ्नो पार्टीको १०औँ राष्ट्रिय महाअधिवेशनको सम्मुखमा पुगिरहेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी कम्युनिस्ट आन्दोलनको र पार्टी पुनर्गठनपछिका अनुभवहरूका सार संकलन गर्दैछ, हाम्रो देशको प्रधान वर्गीय र राजनीतिक प्रधान अन्तर्विरोधहरू पहिचान गर्दैछ, क्रान्ति र अग्रगतिको प्रमुख बाधा के हो त्यसको पहिचान गर्दैछ, देशको समाजवादी क्रान्तिका कार्यदिशा, नीति र सिद्धान्तहरुलाई परिस्कृत र परिमार्जित गर्दैछ, क्रान्तिकारी कार्यदिशाका आधारमा पार्टी एकता र कम्युनिष्ट एकतालाई विस्तार गर्ने आधार निर्माण गर्दैछ, देशी विदेशी प्रतिक्रियावादीहरूको भण्डाफोर गर्दै नेपाली जनतालाई समाजवादको समृद्ध भविष्यतिर अघि बढ्ने मार्ग प्रदर्शन गर्दैछ । त्यसैकारण पार्टीभित्र र बाहिरका दक्षिणपन्थी र षड्यन्त्रकारी तत्वहरू आतंकित भएका छन् । त्यसैले उनीहरू प्रतिक्रियावादीहरूका मक्किसकेका र थोत्रिसकेका झुटा प्रचारका हतियारहरू लिएर हाम्रो पार्टीका विरुद्ध आइलाग्न कोशिस गर्दैछन् ।’
उनले प्रतिकृयावादीहरू, अवसरवादीहरू र पार्टी विरोधी क्षुद्र तत्वहरूका यस प्रकारका अनर्गल प्रचारबाट होसियार बन्न आग्रह गरेका छन् । वर्तमान नयाँ समिकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राख्न आग्रह गरेका छन् । ‘वर्तमान नयाँ समिकरणमा हाम्रो समर्थन र सहभागितालाई जारी राखौं, पार्टी महाअधिवेशनको तयारीमा हरेक प्रकारले एकताबद्ध भएर जुटौं’ विज्ञप्तिमा भनिएको छ, ‘क्रान्तिकारी कार्यदिशा, नीति र सिद्धान्तमा आधारित एकतालाई अझ खदिलो र विस्तृत बनाऔँ, पार्टी महाअधिवेशनलाई भव्यताका साथ सफल बनाऔँ, हाम्रो पार्टीलाई एउटा नयाँ, क्रान्तिकारी र समाजवादी पार्टीका रुपमा विकास गरौं र आम जनतालाई गोलबन्द गदै समाजवादको दिशामा दृढतापूर्वक अघि बढौँ ।’

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया