बिहीबार ०१ जेठ, २०८२
Thursday, May 15, 2025

मेलम्चीमा होटलको छतमा दुई युवा अलपत्र, ज्यान बचाउन गुहार माग्दै

तस्बिर सौजन्य : आदित्य दाहाल

काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले मेलम्चीको रोज होटलको छतमा दुई युवा अलपत्र परेका छन् । होटल वरिपरी बाढी आउँदा उनीहरू छतमा बसेर उद्धारको पर्खाइमा रहेका त्यहाँ रहेका पत्रकार आदित्य दाहालले बताएका छन् । 

मेलम्ची नदीको बाढीले होटल वरिपरीबाट खोला बगिरहेको छ । होटलको छतसम्म पानी पुगेको छैन । होटल कतिबेला भत्किने हो टुंगो नभएकोले तत्काल उनीहरूको हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने स्थानीयको भनाई छ । 

तर बाढीले गर्दा विद्युत अवरुद्ध भएपछि मेलम्चीमा मोबाइल फोनमा समेत सम्पर्क गर्न कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।