सरकारमा सहभागिताका विषयमा पार्टीले अन्य कुनै निर्णय गरेको छैन : नेकपा एस

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताका विषयमा पार्टीले अन्य कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।
पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको समाजवादीको सचिवालय बैठकले पार्टी निरन्तर सरकारमा रहेकाले बाहिर आएका हल्लाहरू निराधार भएको भन्दै सरकारमा सहभागिताका विषयमा पार्टीले अन्य कुनै निर्णय नगरेको स्पष्ट पारेको हो । बैठकले विकसित भएका राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवारीपूर्वक आफ्ना कदमलाई अघि बढाउने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले सरकारको नीति तथा कार्यक्रमका साथै बजेटको निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दललाई निर्देशन समेत दिएको प्रवक्ता खतिवडाले जानकारी दिए । बैठकमा पार्टीका विषयमा चलेका चर्चाहरूका बारेमा छलफल भएको भन्दै उनले सबै पार्टी पङ्क्ति एक ढिक्का रहेको र कुनै समस्या छैन भन्नेमा प्रष्ट रहेको बताए ।
बैठकले महाधिवेशन तयारीका लागि आवश्यक जोडिएका कामहरू प्रभावकारी ढंगले पूरा गर्नका लागि पार्टीका सबै कमिटीहरूलाई निर्देशन समेत दिएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया