सिन्धुपाल्चोकको मेलम्चीमा बाढीको वितण्डा, क्षतिको विवरण आउन बाँकी
काठमाडौँ : सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ । बाढीले गर्दा जनधनको क्षति भएको भनिएपनि विवरण आउन बाँकी छ । गएरातीको अविरल वर्षाले गर्दा ठूलो बाढी आउँदा मेलम्ची बजार लगायत बस्तीमै क्षति भएको प्रहरीले जनाएको छ ।
हिजो साँझ ७ बजे मेलम्चीमा बाढी आउँदा क्षति भएको हो । तर बाढीले गर्दा बिजुलीको पोल ढालेपछि बत्ती जाँदा मोबाइल सम्पर्क हुन सकेको छैन । जसकारण गएराती बाढी गएपनि क्षतिको पूरा विवरण आएको छैन ।
मेलम्ची नजिकै रहेको हेलम्बुमा सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बाढीले बगाएको प्रहरीले जनाएको छ । केही मानिसहरु बेपत्ता भएको अनुमान गरिएको छ ।
मेलम्चीमा बाढीले घर बगाएपछि स्थानीय अहिले शेरा, नगरपालिका प्रांगण, ईन्द्रावती क्याम्पसमा आश्रय लिएर बसेका छन् । बाढीले गर्दा मेलम्ची–नवलपुर जोड्ने पुल समेत बगाएको छ ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया