बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

सल्यानमा पाँचौपटक थपियो निषेधाज्ञा

फाइल फाेटाे

सल्यान : सल्यानमा पाँचौ पटक निषेधाज्ञा थप गरिएको छ । कोभिड व्यवस्थापन समितिको मंगलबारको बैठकले कोभिड १९ संक्रमण रोकथामका लागि केही क्षेत्रमा खुकुलो व्यवस्थासहित असार १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमगाईका अनुसार निषेधाज्ञा थप गरिएपनि पहिलेभन्दा केही खुकुलो बनाइएको छ ।