आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

सुनको भाउ कति पुग्यो ?

फाइल तस्बिर

काठमाडौँ - नेपाली बजारमा सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ८०० ले बढेको हो । आज छापावाल सुन १ लाख ३६ हजार ४०० मा कारोबार भइरहेको छ भने तेजावी सुन तोलाको १ लाख ३५ हजार ७५० मा कारोबार भएको छ । 

सोमबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ६०० र तेजावी सुन १ लाख ३४ हजार ९५० मा कारोबार भएको थियो । 

यता चाँदीको भाउ पनि बढेको छ । चाँदी १५ रूपैयाँले बढेको हो । आज चाँदी तोलाको १ हजार ६७५ मा कारोबार भएको छ । सोमबार चाँदी १ हजार ६६० मा कारोबार भएको थियो ।