बागमती प्रदेश सभाका विषयगत समितिहरू सभापतिविहीन

बागमती- बागमती प्रदेश सभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ । समितिमा सभापति चयन हुन नसक्दा महत्व मानिएको ती समितिहरूको कामकाज प्रभावित हुँदै आएको छ ।
बागमती प्रदेश सभाअन्तर्गत प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति छ । ती सबै समितिमा सभापति चयन हुन सकेको छैन ।
समितिमा सभापति चयन हुँदा कामकाज गर्न समस्या भएको कर्मचारी बताउँछन् । गत शुक्रबार बसेको बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको सर्वदलीय बैठकले प्रदेश सभाअन्तर्गतको पाँचवटै समितिका सभापति चयन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको थियो ।
बैठकले आगामी जेठ ४ गतेसम्ममा समितिको सभापतिहरू चयन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको सभामुख भुवनकुमार पाठकले बताए । सोही बैठकले प्रदेश सभाको बजेट अधिवेशनका लागि वैशाख ३१ गते बैठक आह्वान गर्न प्रदेश सरकारसमक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको सभामुख पाठकको भनाइ छ ।
प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही वैशाख १२ गते राति १२ बजेपछि प्रदेशसभाको तेह्रौँ अधिवेशन अन्त्य गरेका थिए । बागमती प्रदेश सभामा एक सय १० जना प्रदेश सभा सदस्य छन् ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया