कोभिड संक्रमितको हेलिकप्टर कुर्दाकुर्दै मृत्यु

सुर्खेत : कोभिडका कारण हुम्लामा एक संक्रमितको ज्यान गएको छ । हुम्लाको चन्खेली गाउँपालिका वडा नम्बर ३ मेखला निवासी ५२ वर्षका हइत रोकायाको ज्यान गएको हो ।
रोकायको थप उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै ज्यान गएको हो । खराब मौसमका कारण समयमा हेलिकप्टर आउन नसक्दा उनकोे मृत्यु भएको हो । तीन दिन्देखि इलाका स्वास्थ कार्यालयमा उपचार गराइरहेका रोकायाको शरीरमा अकस्मात् अक्सिजनको लेभल घटेको थियो । मौसम खराबीको कारण काठमाडौँबाट जुम्लाका लागि उड्न तयार भएको हेलिकप्टर जान सकेन । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार हुम्लामा अहिलेसम्म दुई जना कोभिड संक्रमितको मृत्यु भएको छ ।

आजदेखि धरहरा १२ घण्टा खुल्ने

सूचना आयोगद्वारा डिजिटल प्लेटफर्म सार्वजनिक

बालबालिकाको मोबाइल लत छुटाउने यी हुन् पाँच टिप्स्
आज साउन १ : कर्कट (साउने) सङ्क्रान्ति पर्व

आज यस्तो छ तपाईंको राशिफल

विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा नेपालका किशोर श्रेष्ठ

कामपाको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजारको बजेट पारित

प्रतिक्रिया