कर्णालीको बजेट ३६ अर्ब ५४ करोड (पूर्ण पाठ)
सुर्खेत : कर्णाली सरकारले आगामी आर्थिक वर्षका लागि ३६ अर्र्ब ५४ करोड बढीको बजेट प्रस्तुत गरेको छ । कर्णाली प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षका लागि कुल ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
कोभिड-१९ नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर कर्णाली सरकारले बजेट ल्याएको हो । जसमा पूँजीगततर्फ २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र चालुतर्फ ११ अर्ब ४९ करोड २७ लाख ७० हजार बराबरको बजेट ल्याइएको हो । यस्तै वित्तीयतर्फ ३ अर्ब ३९ करोड ९९ लाख ५३ हजार बजेट विनियोजन गरिएको मन्त्री शर्माले बताए ।
प्रदेश सरकारले कोभिड नियन्त्रणका लागि ५३ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमै कर्णालीका अस्पतालहरूमा स्वास्थ्य सम्बन्धी यन्त्रहरूको जडान, दक्ष कर्मचारीको व्यवस्थापन लगायतका काम प्रभावकारी बनाउने गरी बजेटको व्यवस्था गरिएको मन्त्री शर्माले बताए ।
आगामी आर्थिक वर्षबाट सहिद परिवार र माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वका क्रममा घाइते तथा आपांगता भएका व्यक्तिहरूले मासिक दुई हजार रुपैयाँ भत्ता पाउने भएका छन् । आगामी वर्षदेखि घाइते र अपांगका लागि भत्ताका लागि बजेट विनियोजन गरिएको छ ।
<

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो

प्रतिक्रिया