चितवन र नवलपरासीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौँ : जल तथा मौसम विज्ञान कार्यालयले नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र पानी बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै चितवन र नवलपरासीको तटीय क्षेत्रमा हुनेहरूले भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।
'नारायणी नदी देवघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा छ। नारायणी जलाधारमा भारी बर्षा भएको र थप बर्षा हुने पुर्वानुमान रहेकाले जलसतह खतरा तह आसपास पुग्ने देखिन्छ। चितवन र नवलपरासीको तटीय क्षेत्रमा हुनेहरूले भोली बिहानसम्मै उच्च सतर्कता अपनाऔं,' कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पचपन्न वर्षको उमेरमा नागरिकता

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण

माइक्रो दुर्घटना हुँदा तीन जनाको मृत्यु

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

भिडियोमा देखियो चड्कन, भीडमा हरायो आत्मसम्मान

पाथिभरा मन्दिरमा एक महिनामै ६० लाख ९० हजार भेटी संकलन

प्रतिक्रिया