आज बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाडौँ- बागमती मन्त्रिपरिषद्को बैठकले प्रदेशमा सरकारी कामकाजको भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेशभित्र सरकारी कामकाजको भाषाको रूपमा नेपाली र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले बताए ।
मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णय गरेअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको छ । आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, संघ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

रामेछापमा फौजी कीराको प्रकोप

काभ्रे बाढी पहिरो : अस्थायी आवास बनाउन ८ महिनापछि पहिलो किस्ताको अनुदान पठ…

चैते धानको समर्थन मूल्य नपाउँदा किसान चिन्तित

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित
क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै अटोचालक अर्याल

प्रतिक्रिया