प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग जापानी विदेशमन्त्री खामिखावा योकोबीच भेटवार्ता भएको छ । एक दिने नेपाल भ्रमणमा आएकी जापानी विदेशमन्त्री योकोसँगको भेटवार्तामा दुई पक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा जापानी विदेशमन्त्री आज काठमाडौँ आएकी हुन् । उनले आजै काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन भ्रमण गरेकी थिइन् । त्यहाँ उनले कालभैरव, हनुमानढोका र नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुहरूको अवलोकन गरेकी थिइन् ।
जापानको विदेशमन्त्री नियुक्त भएपछि उनको यो पहिलो नेपाल भ्रमण हो । विदेशमन्त्री योको भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

काठमाडौंमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको चर्चा

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

चीनसँग व्यापार र पर्यटनमा सहकार्यका लागि मुख्यमन्त्री पाण्डेको प्रस्ताव

एमच्याम नेपाल र अमेरिकी वाणिज्य विभागद्वारा आइसीटी व्यापार र लगानी प्रवद्र्धनका…

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री रा…

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

प्रतिक्रिया