जापानी विदेशमन्त्री योको र परराष्ट्रमन्त्री श्रेष्ठबीच भेटवार्ता

काठमाडौँ- जापानका विदेशमन्त्री खामिखावा योको र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।
आइतबार नै काठमाडौँ आइपुगेकी जापानका विदेशमन्त्री खामिखावा योकोसहितको उच्चस्तरीय प्रतिनिधि मण्डल र परराष्ट्रमन्त्री श्रेष्ठसहितको नेपाली प्रतिनिधि मण्डलबीच सिंहदरबारमा द्विपक्षीय भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा जापानलाई पुरानो असल मित्रका साथै ठूलो विकास साझेदारका रूपमा लिएकाले द्विपक्षीय सम्बन्धलाई सुदृढ र विस्तार गर्नका लागि सबै पक्षहरूमा छलफल भएको परराष्ट्रमन्त्री श्रेष्ठले जानकारी दिए ।
उनले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताए ।
जापानी विदेशमन्त्री खामिखावाको औपचारिक सद्भाव भ्रमण भएकाले वार्तामा कुनै पनि विषयमा सम्झौता वा समझदारी नभएको उनले स्पष्ट पारे । विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आइतबार नै काठमाडौँ आएकी हुन् ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया