युद्ध नरोकिने युद्धविरामको लागि सहमत छैनौं- हमास

काठमाडौँ - हमासले गाजा युद्धको पूर्ण अन्त्य समावेश नगर्ने युद्धविराम सम्झौतामा सहमत नहुने बताएका छन् । हमासका वरिष्ठ अधिकारीले युद्ध अन्त्य नहुने युद्धविराम सम्झौता नगर्ने बताएका छन् ।
उनले भनेका छन्- 'हमास कुनै पनि परिस्थितिमा गाजामा युद्धको अन्त्यलाई स्पष्ट रूपमा समावेश नगर्ने सम्झौतामा सहमत हुने छैन । युद्धको पूर्ण अन्त्य बिना कुनै सम्झौता हुँदैन, गाजाको कब्जा हटाइनेछ ।' इजरायलले युद्धविराम प्रस्तावमा निर्णय गर्न एक साताको समय दिएको बेला हमासको यस्तो प्रतिक्रिया आएको हो ।
हमासले युद्ध अन्त्यको लागि आफ्नो मागलाई अस्वीकार गर्नु यस सम्झौताको बाटोमा बाधा बनिरहेको छ । अहिले हमासको प्रतिनिधिमण्डल युद्धविरामबारे छलफल गर्न इजिप्टको राजधानी कायरोमा रहेको छ । अर्कोतर्फ इजरायलले बन्धकहरूलाई रिहा गर्न हमासबाट सकारात्मक प्रयास देखेपछि मात्र आफ्नो प्रतिनिधिमण्डल कायरो पठाउने बताएको छ ।
बेलायतले जारी गरेको विवरण अनुसार अमेरिका, इजिप्ट र कतार ४० दिने युद्धविरामको आव्हान गर्ने प्रस्तावमा हमासको प्रतिक्रियाको पर्खाइमा छन् । यसमा इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बन्धकहरूको आदानप्रदान पनि समावेश छ ।
हमासका अधिकारीले उक्त प्रस्तावमा गाजामा पूर्ण युद्धविरामका लागि आव्हान गर्ने स्पष्ट प्रावधान समावेश गर्नुपर्ने बताए । यद्यपि इजरायल यसका लागि तयार छैन । सम्झौताको मुख्य बाधा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको दक्षिणी गाजा सहर रफाहमा स्थल सेना पठाउनको लागि आग्रह हो । यो क्षेत्र अहिले गाजाबाट विस्थापित नागरिकहरूले भरिएको छ । यो क्षेत्रम इजरायली सेना पुगेका ठुलो रक्तपात हुने चेतावनी दिइएको छ ।

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

गाजामा इजरायली आक्रमण : तीन शिशुसहित ११ जनाको मृत्यु

दक्षिण कोरियाको कन्जरभेटिभ पार्टीद्वारा राष्ट्रपति पदका लागि उम्मेदवार घोषणा

भारतको गोवामा मन्दिरमा भागदौड मच्चिँदा छ जनाको मृत्यु, ५० जनाभन्दा बढी घाइते

क्यानडाको चुनावमा २२ पञ्जावी विजयी, संघीय संसदमा ६ प्रतिशत प्रतिनिधित्व

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

प्रतिक्रिया