वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रेपलाञ्चोक - जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।
पाँचखाल नगरपालिका–५ रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नपा–१ को कासकोट सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा ८० वर्षीय आइतीमाया तामाङ र चौँरीदेउराली गाउँपालिका–६ को आरुबोट सामुदायिक जङ्गलमा आगो लगाएको आशंकामा सोही वडाका ४९ वर्षीय लालकुमार सेन ठकुरीलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका पाँचमध्ये नमोबुद्ध–१ का तामाङलाई हिरासतमुक्त गरिएको र अन्यलाई प मुद्दा चलाइएको उनले बताए ।
डढेलो मानवबस्तीमा पस्दा रोशी, महाभारत र खानीखोला गाउँपालिकाका विभिन्न ठाउँमा धनमालको क्षति भएको छ । रोशी गाउँपालिका–४ सानोपोटा गाउँका १५ घर नष्ट हुँदा रु दुई करोड २६ लाख ३० हजार बराबरको क्षति भएको थियो ।
रासस

दाँत पहेलो भयो ? यी घरेलु उपाय अपनाएर चाँदी जस्तै चम्काउनुहोस्

फुड रियालिटी सो सेफ नेपालः द प्रोफेशनलको आवेदन खुल्ला

वैज्ञानिकहरूले फेला पारे डाइनोसर युगको ११३ मिलियन वर्ष पुरानो कमिला

जब १ हजार ताराहरू एक आपसबाट भागिरहेको भेटियो, वैज्ञानिक हैरान

यस्तो छ आजको राशिफल

रामजानकी मन्दिर निर्माणको काम सुरु

एसपी गिरीले सम्हाले रौतहट प्रहरीको कमाण्ड

प्रतिक्रिया